सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका किसानलाई बंगुर वितरण गरिने

२०८० जेठ १, ०४:३१ खबर संवाददाता

धनगढीः  कैलाली जिल्लाका किसानहरुलाई बंगुर वितरण गरिने भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर – ६ मा रहेका किसानलाई १५० बंगुरका पाठा पाठी वितरण गरिने भएको छ। भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत बंगुरका पाठा पाठी वितरण गर्न लागिएको हो। बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत वडामा किसानहरुलाई बंगुरका पाठा पाठी वितरण गर्न लागिएको जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीले बताइन्।

उनले कार्यक्रम अन्तरगत एक जना किसानलाई २ वटा बंगुर वितरण गरिने बताइन्। पुर्व राज्यमन्त्री चुनकुमारी चौधरीले बंगुर पालन गर्नका लागि किसान छनोट गरिसकिएकोले छिट्टै वितरण गरिने बताइन्। उनले वडामा अधिकांस किसान चौधरी समुदायको बसोवास रहेकाले बंगुर पालन कार्यक्रम संचालन गरिएको बताइन्।

कमेन्ट लोड गर्नुस