सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिने हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

२०७९ चैत्र २८, ०५:५१ खबर संवाददाता

धनगढीः घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा कञ्चनपुरको झलारीमा एक महिने हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ। फागुन २१ देखि सुरू भएको तालिम मङ्गलवार सकिएको हो।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा बैतडीका १३ जना किसानलाई तालिम प्रदान गरिएको हो। बैतडीको पुरचौडीं, दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा सुर्नाया, डिलाशैनी, दोगडाकेदार गाउँपालिकाका किसानको तालिममा सहभागिता रहेको थियो।

एक महिना तालिम झलारीको आरसिटी मेसिनरी एण्ड इन्जिनियरिङ वर्कशपका फूलराम डगौराले प्रशिक्षार्थीहरूला तालिम प्रदान गरेका थिए। तालिम लिएका कृषकले हाते ट्याक्टर मर्मत गर्न सक्ने घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए। जोशीले तालिम प्राप्त किसानलाई आवश्यक औजार घरेलु कार्यालयले उपलब्ध गराउने बताउँदै तालिम फलदायी हुने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस