अछाममा रावल र ओलिका छुट्टाछुटै ग्रासरुट कार्यक्रम, कुन पक्ष हो आधिकारिक?
अछामः नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट कार्यक्रम अछामको साँफेबगरमा केपी ओली समुह र भिम रावल निकट समुहले छुट्टाछुटै गरेको छ।
आफु हिजोको जनप्रतिनिधी भएकोले नगर कमीटीले बोलाएर आएको भिम रावलले बताए। आफुलाई पार्टीले अभीयानका लागी खटाएकोले आफ्नो कार्यक्रम आधिकारिक भएको पोलिट ब्यूरो सदस्य गौरी ओलीले बताईन। पार्टीमा बसिरहने विधिबिधान नमान्नेलाई कारवाहि गरिने ओलिले बताईन। आज जे घटना घट्यो त्यो केन्द्रमा स्पष्ट रिपोर्टिङ हुने उनले बताईन।
नेकपा एमालेले पार्टीलाई सबल र शसक्त बनाउँन देशेभरि ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ। केन्द्रले साँफेबगर नगरपालीकामा अभीयान सञ्चालनको लागी पोलिट ब्यूरो सदस्य गौरी ओली ओलीलाई पठाएकोमा भीम रावल पक्षले रावललाई प्रमुख अथीति बनाएर छुटै कार्यक्रम सञ्चालन गरेको हो।
दुई पक्षले साँफेबगरमै छुट्टा छुटै कार्यक्रम गर्दा केहि समय तनाव भएको थियो। पछि सुरक्षाकर्मी परिचालन गरि अबस्था सामान्य पारिएको थियो। पार्टीको ब्यानरमा छुटै कार्यक्रम गर्ने कार्य बिधी बिधान बिपरित भएको एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले बताए। भीम रावल अछाममा भएकाले रावललाई प्रमुख अथिती बनाएर गौरी ओलीलाई बिशिष्ट अथिती बस्न भनेको तर उनले नमान्नदा कार्यक्रम फरक फरक भएको साँफेबगर नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए।
आफू नगरको अध्यक्ष भएकोले भिम रावल उपस्थित कार्यक्रम आधिकारिक भएको कुँवरले बताए। यता ओलि पक्षले भने केन्द्रबाट आफुहरुलाई पठाएकोले आफ्नो कार्यक्रम आधिकारिक भएको बताईन। यसरी एउटै पार्टीका दुई दुई कार्यक्रम भएपछि कार्यक्रतामा अन्यौलता हुने कुँवरले बताए।