अछाममा एक महिनामा ट्राफिक जरिबानाबाट ३ लाख बढी राजश्व संकलन
अछामः सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापन गर्न प्रहरी कडारुपमा एक्सनमा उत्रिएको छ। जिल्लामा प्रहरी सवारी दुर्घटना न्युनीकरणका लागि कडा रुपमा प्रस्तुत भएको हो।
प्रहरी कडाइका साथ लागेपछि धमाधम सवारी चालक कारवाहीमा पर्न थालेका छन्। माघ महिनामा मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने ५ सय ९१ सवारी साधन कारबााहीमा परेका छन्।
कारबाहीमा परेका सवारी साधनबाट ३ लाख २३ हजार राजश्व संकलन भएको अछाम जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए।