सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोलानाला अतिक्रमण जारी

२०७५ चैत्र ११, ०६:२८

धनगढी क्षेत्रमा खोलानाला अतिक्रमण हटाउने अभियानले सार्थकता नपाउँदा खोलामाथिको अतिक्रण जारी रहेको छ। २०७२ सालदेखि नै धनगढीमा खोलानाला हटाउ अभियानको सुरुवात गरिएपनि अहिले सम्म त्यस्ले साथृकता पाउन सकेको छैन्। जस्ले गर्दा अतिक्रमणकारीले अहिले पनि धनगढी नगर क्षेत्रमा रहेका खोलालाई निसाना बनाएका छन्। धनगढी उप–महानगरपालिका तारानगरका स्थानीय दिनेश जोशीले खोलानालामाथि अहिले पनि निर्वाध रुपमा अतिक्रमण जारी भएकाले बर्षातमा डुवानको समस्या बढ्ने बताए। खोलानालाको अतिक्रमण हटाउनका लागि झण्डै ३ बर्ष अगाडी नै कैलाली खोलामा अतिक्रमीत क्षेत्रको रेखाकंन गरिएको थियो । तर अहिले सम्म अतिक्रमीत क्षेत्र खाली भने गरिएको छैन्। जनप्रतिनिधिहरु आईसकेपछि खोलानाला अतिक्रमण हटाउन अभियानलाई सुरुवात गर्ने प्रयास भएपनि अहिले सम्म प्रभावकारी भने देखिएको छैन्। धनगढी शिवनगरका स्थानीय रमेश भट्टले जनप्रतिनिधि आएपछि पनि खोलामाथिको अतिक्रमण रोकिनुको सट्टा बढ्दै गएको आरोप लगाए। 
धनगढीमा रहेका खोलाहरु मध्ये सबैभन्दा बढि कैलाली खोला अतिक्रमणकारीको निशानामा परेको छ। कैलाली खोला दक्षिणदेखि उत्तर सम्म दुवै पट्टी अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमीत क्षेत्र हटाउनका लागि रेखाकंन गरिएको क्षेत्रमा समेत फेरी स्थानीयले संरचना बनाईरहेका छन्। 
यता धनगढी उप–महानगरपालीकाले भने खोलानाला क्षेत्रहरुमा गरिएको अतिक्रमण हटाउने अभियान जारी रहेको दावी गरेको छ। सोही अभियान अन्तरगत सोमबारदेखि शिवनगर नाला सफा गर्न थालिएको उप–महानगरपालिकाले जनाएको छ। उप–महानगरपालिकाले वडा नम्बर १ र ८ को बिचमा पर्ने शिवनगर पुल नजिक नाला सफा गर्ने काम सुरु गरेकाे छ। सतह भन्दा माथी आएका खोलानालाको फोहर हटाउने, खोलाको भंगालो सोझो पार्ने र अतिक्रमण हटाउने कामलाई गत आर्थिक बर्षबाट नै सुरु गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए। गत बर्ष झण्डै १० किलोमिटर भन्दा बढी खोलानालाहरुको अतिक्रमण हटाउने काम गरेको दावी उनकाे छ।
बढ्दो जनसंख्याको चाप संगै धनगढी उप–महानगरपालिका क्षेत्रमा रहेका खोलानालाहरु अतिक्रमणमा पर्दै आएका छन्। खोलानालाहरुलाई मासेर संरचना निर्माण कार्य भएदेखि नै उप–महानगरपालिका क्षेत्रमा डुवानको समस्या सिर्जना भएको थियो। अतिक्रमण हटाउन पटक-पटक पहल भएपनि अतिक्रमणकारीको अवरोध गर्दै आएको उप–महानगरपालिकाले जनाउँदै आएको छ। सार्वजनिक जग्गा अतिक्रमण गर्ने र सडक क्षेत्रमा संरचना बनाउनेहरुले उल्टै उप–महानगरपालिका विरुद्ध मुद्धा हालेको गुनासो नगर प्रमुख ओडको छ। 

कमेन्ट लोड गर्नुस