सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम–१ को (२) मा माओवादीका साउँद विजयी

२०७९ मंसिर ८, १०:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अछाम–१ को ‘२’ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झपटबहादुर साउँद विजयी भएका छन्। साउँदले नेकपा (एमाले) उम्मेदवार कृष्णप्रसाद जैसीलाई ४ हजार ९६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। 

साउँदले १२ हजार ११५ मत प्राप्त गरे। जैसीले नौँ हजार १९ मत प्राप्त गरेका छन्। रामारोशन, मेल्लेख र बान्नीगढी जयगढ गाउँपालिका रहेको क्षेत्रमा २२ हजार ६४ मत खसेका थिए। २०६४ को संविधानसभा निर्वाचनमा साउँद अछाम–१ बाट हाल प्रतिनिधिसभामा निर्वाचित श्रममन्त्री शेरबहादुर कुँवरसँग पराजित भएका थिए। 

२०७४ को सोही प्रदेशमा नेपाली कांग्रेसका टेकबहादुर साउँदलाई पाँच हजार ५९७ मतान्तरले नेकपा माओवादीका उम्मेदवार झपटबहादुर बोहरा विजयी भएका थिए। बोहराले १३ हजार ९३७ र आठ हजार ३४० मत प्राप्त गरेका थिए। बोहरा भने हाल नेकपा (एमाले) बाट अछाम–१ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। साउँद हाल बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्ष हुन्।

कमेन्ट लोड गर्नुस