सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ३ बजेपछि मतगणना हुने 

२०७९ मंसिर ५, १२:५८ खबर संवाददाता

धनगढीः अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म पनि मतगणना हुन सकेको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले अहिले सर्वदलीय बैठक सकिएको जनाएको छ। 

यस्तै बैठकले दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति गरेको छ। अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्याइएको छ। यहाँ दुई वटा निर्वाचन क्षेत्र छन्। 

क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहोरा मुख्य प्रतिस्पर्धी छन्। 

त्यस्तै, क्षेत्र नम्बर २ मा एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

कमेन्ट लोड गर्नुस