सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

२०७९ कार्तिक २३, ०४:५५ खबर संवाददाता

काठमाडौँ: सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो।

त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ। सरकारले गत आर्थिक वर्ष २०७८/७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो।

न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था रहेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए। त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिने उनले बताए।

कमेन्ट लोड गर्नुस