नेपाली युवती बनेर दिल्लीमा बसिरहेकी चिनियाँ युवती पक्राउ
काठमाडौंः नेपाली नागरिक बनेर भारतमा बसिरहेकी एक चिनियाँ युवतीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। दिल्ली प्रहरीले चिनियाँ युवतीलाई फर्जी पहिचान र भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको दाबी गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार पक्राउ गरेकी युवतीको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी हुन्। प्रहरीका अनुसार पक्राउ परेकी युवती नेपाली नागरिक बनेर बसिरहेका बेला उत्तरी दिल्लीको मजनूका टिला क्षेत्रबाट पक्राउ गरिएको हो।
चेकजाँचका क्रममा युवतीको साथबाट नेपाली नागिरकताको प्रमाणपत्र फेला परेको छ, जसमा उनको नाम डोल्मा लामा लेखिएको छ। यद्पि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयसँग बुझ्दा युवती चिनियाँ नागरिक रहेको र उनी सन् २०१९ मा भारत पुगेको खुलेको थियो। बीबीसी