बाघलाई पर्यटनसँग जोड्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका बाघलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन्। बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिक उत्सव समारोहमा बोल्दै कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले चुनावपछिको सरकारले बाघलाई पर्यटनसँग जोडेर नयाँ कार्यक्रम ल्याउने बताएका हुन्।
‘बाघको संख्या अत्यधिक बढेको सन्दर्भमा हामीले यसलाई पर्यटन जोडेर नयाँ पर्यटनको विकास गर्न सक्यौं भने यसबाट मुलुकको अर्थतन्त्रलाई टेवा पुग्नेछ। यतिबेला हामी मुलुकमा महानिर्वाचनको पूर्व सन्ध्यामा छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘मैले अब बन्ने सरकारले बाघलाई पर्यटनसँग जोडेर नयाँ आयामका कार्यक्रम सुरू गर्ने वचनबद्धता व्यक्त गर्न चाहन्छु।’