युपीका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादव रहेनन्
धनगढीः भारतको उत्तर प्रदेश (युपी) का पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको निधन भएको छ। समाजवादी पार्टीले ट्वीटमार्फत आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा आज गुरुग्रामको मेदान्ता अस्पतालमा मृत्यु भएको बताएको हो।
उनको पिसाव संक्रमण र उच्च रक्तचापको समस्याका कारण निधन भएको बताइएको छ। सन् १९६७ मा उत्तर प्रदेशको जसवंतनगर विधानसभाबाट पहिलो पटक चुनाव जितेका मुलायम सिंह यादव सन् १९८९ मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए।
यसपछि सन् १९९३ मा दोस्रो पटक मुख्यमन्त्री बनेका उनलाई यही अक्टोबर २ देखि मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा उपचारत उनको आज निधन भएको हो।