सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन राष्ट्रिय निकुञ्जको चाडपर्व विशेष सुरक्षा व्यवस्था

२०७९ असोज १७, ०५:०९ खबर संवाददाता

चितवन: चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ। बिदाको समयमा निकुञ्जका संरक्षित जनावरको चोरी सिकारी हुनसक्ने भन्दै निकुञ्जले विशेष सुरक्षा व्यवस्था मिलाएको हो।

सामान्य अवस्थामाभन्दा सुरक्षा पोष्टहरुमा थप सुरक्षा व्यवस्था मिलाइएको र निकुञ्जको ५७ वटा सुरक्षा पोष्टहरुमा नेपाली सेना, कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जले जनाएको छ। निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्ती लगायतका जनावरहरू रहेका छन्। 

कमेन्ट लोड गर्नुस