सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक पुरुष टर्कीमा बेपत्ता

टर्की-ग्रीस सीमामा भीषण हिमपात

२०७८ माघ २२, ०३:४० खबर संवाददाता

धनगढीः कञ्चनपुरका एक पुरुष टर्कीमा बेपत्ता भएका छन्। केही दिनअघि टर्की र ग्रीसको सिमानामा भीषण हिमपात भएको थियो। जसका कारण कठ्यांग्रिएर २२ आप्रवासीको मृत्यु समेत भएको छ। 

टर्कीस्थित गैरआवासीय नेपाली संघले मृत्यु हुनेहरुमा नेपालीहरु पनि हुनसक्ने जनाएको छ। यता, कञ्चनपुरको कृष्णपुर २ बंकका दिव्यदेव अवस्थी पनि केही दिनदेखि बेपत्ता भएको भन्दै नेपालस्थित उनको परिवारले सोधखोज गरेको छ।हिमपातमा परेपछि उनी सम्पर्कविहीन भएको टर्कीस्थित उनका साथीहरुले समेत बताएका छन्। काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट उनी दसैंअघि टर्की पुगेको परिवारले जनाएको छ। मंगलबारदेखि कुरा हुन नसकेको अवस्थीको परिवारको भनाई छ।

टर्की मामिलास्थित हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले उक्त घटनामा नेपालीहरु परे वा नपरेको कुरा बुझ्ने काम भैरहेको बताएका छन्। टर्की–ग्रीस लगायतका मुलुकमा पछिल्लो साता भीषण हिमपातको कारण जनजीवन प्रभावित बनिरहेको छ।

कमेन्ट लोड गर्नुस