प्रधानमन्त्रीको भारत भ्रमणमा रासायनिक मल खरिद सम्झौता हुने
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा जी–टु–जीमार्फत मल खरिद सम्झौता हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जी–टु–जीमार्फत भारतसित मल खरिद सम्झौता गर्ने निर्णय गरेको हो।
भारतबाट जी–टु–जीमार्फत मल खरिद गर्ने निर्णय गरिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले जानकारी दिए। “अहिले एक लाख ५० हजार मेट्रिकटनको र प्रत्येक वर्ष १० प्रतिशतका दरले बढाउँदै लैजाने गरी सम्झौता गर्ने निर्णय भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणको बेला सम्झौता हुनेछ,” उनले भने।
यसअघि जी–टु–जीका लागि सचिवस्तरीय छलफल भइसकेको र भारत भ्रमणमा सम्झौता गर्ने तयारी गरिएको हो। सरकाले गत चैतमा नै भारतसँग मल खरिदका लागि जी–टु–जी सम्झौता गर्ने गरी छलफल अगाडि बढाएको थियो।