सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदालतभित्रै गोली चल्यो, एक ग्याङ्गस्टरसहित तीन जनाको मृत्यु

२०७८ असोज ८, ०३:०९ खबर संवाददाता

काठमाडौंः दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ। हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन्। उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन्। यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन्। रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए। गोली लागेलगत्तै उनको मृत्यु भएको छ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए। उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए। प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको मृत्यु भयो।

कमेन्ट लोड गर्नुस