कञ्चनपुरका युवकको जापानमा मृत्यु
कञ्चनपुर: उच्च शिक्षा अध्ययन र रोजगारको शिलशिलामा जापानमा रहेका कञ्चनपुरका एक युवकको मृत्यु भएको छ। २ वर्षअघि अध्ययनका लागि जापान गएका महेन्द्रनगर घर भएका ३१ वर्षीय कुवेर धामीको शनिबार मृत्यु भएको हो।
फुजी फुडको बेन्तो कम्पनीमा काम गरेर मध्यरात कोठामा फर्किएका धामी राति करिब १ बजे सुतेका उनका साथीहरुले बताएका छन्। तर उनी बिहान उठेनन्। पछि उनका साथीहरुले प्रहरीलाई खबर गरेर अस्पताल लग्दा चिकित्सकले धामीलाई मृत घोषणा गरेका थिए।
एनआरएनए जापान सेन्दाई समितिका सदस्य अशोक निरौलाका अनुसार धामीको निधन हृदयघातका कारण भएको प्रारम्भिक रिपोर्टले बताएको छ।