सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने

२०७८ असार २६, ०७:३८ रासस

गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिका –१ नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने भएको छ।

स्थानीय सूर्योदय कृषि तथा पशु बहुउदेश्यीय सहकारी संस्था लिमिटेड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त लगानीमा उक्त बिरुवा लगाउन थालिएको हो।

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले शुक्रबार सुन्तलाको बिरुवा लगाउँदै उक्त कार्यको शुरुआत गरेका छन्। त्यसपछि शुक्रबार नै सात सय सुन्तलाका बिरुवा लगाइएको सहकारीका अध्यक्ष चेतमान कुँवरले जानकारी दिए। बाँकी चार हजार तीन सय बिरुवा एक हप्ताभित्र लगाइने बताइएको छ।

कमेन्ट लोड गर्नुस