सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनौठो अफर : कोरोनाको खोप लगाउनेलाई एक खिल्ली गाँजा निःशुल्क

२०७८ जेठ २६, ०९:३९

आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ। वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्ने छन्।

राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार ‘जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँजा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको थियो। बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँजाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ।  

यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन। एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो। हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन्। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस