सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता लगाउन थाल्यो

फाईल तस्बिर
फाईल तस्बिर । फोटो स्रोत ।
२०७८ जेठ १७, ०६:०१

काठमाडौं : कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ।

बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको पहिचान कुकुरले पनि गर्नसक्ने पुष्टि भएको हो। अध्ययनमा संलग्न विशेषज्ञहरुका अनुसार अध्ययनका क्रममा ९७ प्रतिशत सफलता प्राप्त भएको छ। 

युनिभर्सिटी अफ पेन्सिलभेनिया एण्ड कोलाबोरेटर्समा गत अप्रिलमा प्रकाशित जर्नलमा जनाइए अनुसार विशेष ट्रेनिङ प्राप्त ९ कुकुरहरुलाई यस अध्ययनमा सहभागी गराइएको थियो । जसमा ८ वटा लेब्राडोर रिट्रिभर र एउटा बेल्जियन मेलिनोइस प्रजातिका कुकुर थिए।

ती कुकुरहरुले संक्रमित बिरामीको पिशाव सुँघेर पोजेटिभ या नेगेटिभ भन्ने छुट्याएका थिए। त्यसमा ९७ प्रतिशत नतिजा सही भएको समाचारमा जनाइएको छ।

गत साता बेलायतको लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन एण्ड कोलाबोरेटर्सले झण्डै एक वर्षदेखि गरिरहेको अध्ययनको रिपोर्ट प्रकाशित गरेको थियो।

रिपोर्टका अनुसार ६ वटा तालिमप्राप्त स्निफर कुकुरले कोरोना संक्रमित व्यक्तिहरुको गन्ध सुँघेर नमूना पहिचान गरेको थियो। त्यसको सत्यता प्रतिशत ९७ दशमलव २ पोजेटिभ र नेगेटिभ ९२ प्रतिशत रहेको थियो। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस