सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक करोडको लगानीमा सुविधासम्पन्न म्युजिक शप

२०७७ पुष ६, ११:१४ रोशन भट्ट

धनगढीः के तपाईँ वाध्यवादनको सामग्री किन्न भारत वा काठमान्डू जाने सोचमा हुनुहुन्छ ? तपाईँले पुनर्विचार गर्ने बेला भयो। किनभने अब त्यो सुविधा तपाईँले सुदूरपश्चिममै पाउने सम्भावना बढिसकेको छ। 

धनगढी बजारमै करिब एक करोड रुपैयाँको लगानीमा नयाँ म्युजिक शप सञ्चालनमा आएपछि सुदूरपश्चिमका संगीतप्रेमी तथा वाध्यवादकहरूको झन्झट निकै कम हुने सम्भावना बढेको हो। 

धनगढीका युवा विश्व नकर्मी र निरज महराले धनगढी बजारको मुटुमै नयाँ म्युजिक शप सञ्ञ्चालनमा ल्याएका हुन्।

करिब ४ वर्षदेखि सांगीतिक क्षेत्रमा क्रियाशील नकर्मी र महराले म्युजिक शप सञ्चालन गर्दै सांगीतिक क्षेत्रमा व्यावसायिक गतिविधीलाई टेवा पुर्यायउन वाध्यवादन सामग्रीको पसल सञ्चालन गरेको बताएका छन्। 

सञ्चालक निरज महराले भने, ‘खासगरी कुनै पनि सुदूरपश्चिमवासीले संगीत सिक्न प्रदेश बाहिर जान नपरोस् भन्ने उद्देश्यले शप सञ्चालनमा ल्याएका हौँ।’

यसअघि पनि धनगढी एलएन चौकमै संगीत शप राखेर दुबै जनाले संगीत सिकाउँदै आएका थिए। सोही “शपले उत्पादन गरेका कलाकारहरु” देशका विभिन्न स्थानमा आयोजना हुने रियालिटी शोमा समेत सहभागी हुने गरेको उनीहरुको दाबी छ।

संगीतलाई आवश्यक पर्ने विभिन्न बाजा तथा उपकरणहरु बिक्री र मर्मत गर्दै आएको सो म्युजिक शपले अहिले आएर आफ्नो सेवालाई विस्तार गरेको छ।

अब संगीत सिक्न तथा बाजाहरु खरिद गर्न र मर्मत गर्न प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास महराको छ। 

अहिले पनि म्युजिक सपमा साँझ र विहान गरी दुई शिफ्टमा संगीतका कक्षा सञ्चालन भइरहेका छन्। विभिन्न किसिमका गीत गाउन सिकाउनुका साथै बाजा बजाउन र उपकरण चलाउने प्रशिक्षण पनि हुदै आएको छ।

जसमा गितार, हार्मोनियम, मादल, तबला, ढोलक लगायतका बाजाहरु बजाउने प्रशिक्षण हुदै आएको छ भने शास्त्रीय संगीत सिकाउने काम पनि उक्त म्युजिक शपले गर्दै आएका छ। 

यो सँगै मौलिक संस्कृतिसँग जोडिएको पञ्चेबाजा र सारंगीलगायत लोप हुन लागेका बाजाहरुको समेत गर्जेना भइरहेको शप सञ्चालक महराको दाबी छ। 

म्यूजिक शपले सुदूरपश्चिमका अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने योजना उनीहरुको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस