सुदूरपश्चिममा बहुविवाह बढ्यो, समाजमा बहुपत्नी राखे प्रतिष्ठा बढ्ने चिन्तन हटेन
धनगढीः कैलाली गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरकी नेन्नी लुहारले श्रीमान बिरुद्ध बहुविवाहको मृद्धा हालेकी छन् । उनको विहे भएको १६ वर्ष भएको छ । उनका १५ वर्षीय छोरा र १२ वर्षको छोरी छन् । श्रीमानले दोस्रो बिहे गरेर भारत गएको पनि २/३ वर्ष भयो । मुद्दा दर्ता भएपनि केही दिन थुनामा राखियो र जेठो श्रीमती र छोराछोरीको हेरचाह गर्ने र पढाइ खर्च व्यहोर्ने भन्दै धरौटीमा छुटाइयो । तर नेन्नी लुहारले भनेको जस्तो भएन् । उनले आफै लेबरी काम गरेर छोरा छोरी को पढाई खर्च र घर खर्च चलाईरहेको बताएकी छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीका सुमन चौधरीले बिहे गरेको १० वर्ष भयो । उनको पनि ५ वर्षको १ छोरा छन् । मजदुरी गर्दै घरपरिवार पाल्दै आएका चौधरीको १० वर्ष राम्रैसँग बित्यो । तर उनकी श्रीमती छोरासहित अर्कै सँग विवाह गरेर गएपछि चौधरी समस्यामा परेका हुन्।
उनले श्रीमतीलाई फर्किन आग्रह गर्दा पनि श्रीमती नफर्किएपछि छोरालाइ्र्र आफु सँग छोड्न आग्रह गरे । तर उनको श्रीमतीले छोरा लिएरै गइन् । विगतमा जस्तो भएपनि छोरालाई दुःख हुन्छ भन्दै छोरा पाउने आशामा चौधरीले जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको उजुरी दर्ता गरे । तर उनको श्रीमती र श्रीमतीका अर्का श्रीमानलाई केही दिन थुनामा राखिएपनि धरौटीमा छोडियो ।
भने चौधरीलाई छोरो पाउने भन्दै आश्वासन दिइयो तर चौधरीले अहिलेसम्म आफ्नो छोरा पाएका छैनन् । उनकी श्रीमतीले विहे गरेर गएको १५ महिना बितेको छ । उनले भने आफ्नो छोरा फिर्ता पाउन माग गर्दै आएका छन् ।
यी दुई प्रतिनिधी उदाहरण पात्र मात्रै हुन् । बहुविवाहको घटना सुदूरपश्चिममा एकदमै बढेको देखिन्छ । पछिल्लो ३ आर्थिक वर्षमा २३४ वटा वहुविवाहका उजुरीहरु परेको प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याकंमा उल्लेख छ ।
२०७४।७५ मा ४८ उजुरी परेका छन्, भने २०७५/२०७६ मा ७५ उजुरी परेका छन् । यस्तै २०७६/२०७७ मा ६३ वटा उजुरी परेका छन् । यो वर्षको ४ महिनामा मात्रै ४८ बहुविवाहका उजुरी परेका छन् ।
विगतका वर्षहरु भन्दा यो वर्षमा बहुविवाहका उजुरीहरु वढ्ने देखिन्छ ।
समाजमा अझै रुढीवादी चिन्तन हाबी भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी बरिष्ठ उपरीक्षक मुकेश सिंहले समाजमा अझै २/३ श्रीमती सँग विवाह गर्दा प्रतिष्ठा बढ्ने चिन्तनले बहुविवाहका घटना बढेको बताए ।
तर नेपालको प्रचलित काननूले बहुुविवाहलाई गैरकानुनी मानेको छ । कसैले गैरकानुनी रुपमा बहुविवाह गरे महिला र पुरुष दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । भने बहुविवाह स्वतः बदर हुने व्यवस्था कानूनमा छ ।