सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ४ महिनाको अवधिमा २३८ आत्महत्या !

२०७७ मंसिर २१, ०५:२४ विन्दु चन्द

धनगढीः सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक २०७७/०७८ वर्षको ४ महिनाको अवधिमा २३८ जनाले आत्महत्या गरेको पाइएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांक अनुसार साउन १ गतेदेखि मसिंर १४ गतेसम्ममा २३८ जनाले आत्महत्या गरेका छन् ।

विष खाएर, आगो लगाएर, झुण्डिएर, पानीमा हाम फालेरलगायतका माध्यमबाट आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमको सबैभन्दा बढी कैलालीमा आत्महत्याका घटना घटेका छन् । कैलाली जिल्लामा साउन महिनामा ३२, भदौमा २१, असोजमा २३, कार्तिकमा २९, र मसिंर १४ गतेसम्ममा १० गरि १०५ जनाले आत्महत्या गरेका छन् । 

कञ्चनपुरमा साउन महिनामा २८, भदौमा २०, असोजमा १३, कार्तिकमा १० र मसिंरको १४ गतेसम्ममा ७ जना गरि ७८ जनाले आत्महत्या गरेका छन् । 

डोटीमा साउनमा ६, भदौमा २, असोजमा १, कार्तिकमा २ र मसिंरको १४ गतेसम्ममा १ गरि १४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

अछाममा साउन महिनामा २, भदौमा ८, असोज र कार्तिकमा ४÷४, र मसिंरको १४ गतेसम्ममा १ गरि १९ जनाले आत्महत्या गरेका छन् । 

डडेल्धुरामा साउनमा ४, भदौमा ८, असोजमा ५, कार्तिकमा १ र मसिंरको १४ गतेसम्ममा १ जना गरि १९ जनाले आत्महत्या गरेका छन् । भने, बैतडीमा २४, बझाङमा १७, दार्चुलामा ८ र बाजुरामा ७ जनाले आत्महत्या गरेका छन् । 

प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले आत्महत्याको प्रमुख कारण गरिबी रहेको बताउँछन् । आर्थिक अवस्था कमजोर हुँदा वा आर्थिक अभावका कारण औषधोपचारमा समस्या हुँदा आत्महत्याका घटना हुने गरेको प्रहरी उपरीक्षक सिंहले बताए । 

पढाइ वा प्रेममा सफलता हासिल गर्न नसक्दा, परिवारमा राम्रो वातावरण नहुनुले पनि आत्महत्याका घटना हुने गरेको उनको भनाइ छ । 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस