सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंमा पेट्रोलियम पदार्थको अभाव हुँदैन : आयल निगम धनगढी

२०७७ कार्तिक ८, ०३:०० रोशन भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशमा विगतका दशैं, तिहार लगायतका महत्वपुर्ण चाडपर्वको अवधीमा पेट्रोलियम पदार्थको अभाव हुने गरेको थियो ।

अधिकांश पेट्रोल पम्पहरुले कृत्रिम अभाव सिर्जना गर्दै आमउपभोक्तालाई समस्यामा पार्दै आएका थिए । जसका कारण चाडपर्वको समयमा आवातजावात गर्नेहरु प्रत्यक्ष मारमा पर्दै आएका थिए । तर यस वर्षको दशैंमा भने कैलाली कञ्चनपुरसहित सुदूर पहाडका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव नहुने नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जीतरञ्जन दासले बताए ।

‘आयात र वितरण पर्याप्त मात्रमा भएको छ,’ उनले भने, ‘पम्पहरुको माग अनुसार आपुर्ति भइरहेको छ ।’ 

यही कार्तिक १० गते अर्थात दशमीसम्मका लागि आवश्यक पर्ने पेट्रोलियम पदार्थ सबै पम्पहरुलाई दिएका कारण आपुर्ति सहज हुने दावी गरिएको छ । त्यसको लगत्तै ११ गतेदेखि फेरि ढुवानी हुने डिलर्स एसोलियसनका अध्यक्ष चक्र मल्लले बताए ।

‘कर्मचारी अवभावका कारण दशैंको दिन केही पम्पहरु बन्द हुन सक्छन्,’ उनले भने, ‘अन्य दिनहरुमा सामान्य समयको जस्तै आपुर्ति हुनेछ ।’ भारतबाट आयात हुने पेट्रोलियम पर्दा पनि निर्वाद रुपमा आइरहेको आयल निगमको कार्यालयले जनाएको छ ।

डिपोको क्षमता अनुसार मौज्दात समेत रहेको दावी गरिएको छ । भने पम्पहरुको माग अनुसार आपुर्ति गर्न सकिने देखिएको छ । यस वर्षको दशैंमा पेट्रोल र डिजेल अभाव हुन नदिन आपुर्ति व्यवस्थापनमा जोड दिइएको नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दासले बताए ।

यस वर्ष चाडपर्वको समयमा पनि काम विशेषले आवातजावत गर्नेहरुलाई पेट्रोल नपाइने समस्याले नसताउने भनाइ आयल निगमको भनाइ छ । भने कृत्रिम अभाव देखाएर कालोबजारी गर्न खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनले जनाएको छ ।   
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस