सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दशैँतिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो

२०७७ असोज २६, ०२:४६ रोशन भट्ट

धनगढीः कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञाका बेला एक सय ४५ रुपैँयामा पाईने अरहरको दाल अहिले व्यापारीहरुले प्रतिकिलो एक सय ६० मा बिक्रि गरिरहेका छन्।

 ६ महिनाको अन्तरमा अरहरको दालमा १५ रुपैँया बृद्धि भएको छ। लडाउनका बेला ७५ रुपैँयामा पाईने सनफ्लावरको तेल अहिले ८५ रुपैँयामा विक्री भईरहेको छ।

यसरी धनगढीमा दाल, तेल, मसला लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि भएपछि उपभोक्ता मारमा परेको धनगढीका स्थानीय ललित ठकुराठीले बताए।

‘चाडपर्वकै समयमा बढी खपत हुने सामानमा मूल्य बृद्धि भएको छ,’ उनले भने, ‘यसले आम उपभोक्तालाई समस्या भईरहेको छ, सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ।’ दाल, तेल मसला मात्र नभएर अन्य खाद्यान्न, तरकारी र फलफुलको मुल्यमा पनि बृद्धि भएको छ।

आलु प्रती किलो ६० देखि ७०, टमाटर ८०, लौका ६०, काउली एक सय २०, धनिया प्रति किलो तीन सयमा बिक्रि भईरहेको छ। तर लकडाउन अघि र लकडाउनको समयमा यी तरकारीको मूल्य झण्डै आधा गुणा कम थियो। प्याज पती किलो एक सय २० तोकिएको छ।

तर बजारमा प्याजको अभाव छ। सिजन अनुसार तराकारीको मूल्य फरक हुने गरेको भएपनि तुलनात्मक रुपमा बृद्धि भएको छ भने पसलैपिच्छे फरक फरक मूल्य लिने गरेको गुनासो समेत बढ्दो छ। होलसेल व्यवसायीहरुले नै मूल्य बृद्धि गरेकाले समस्या भएको धनगढीका तरकारी व्यवसायी चन्द्र चौधरीले बताए।

‘सबै पसलमा तरकारी पाउन थालेपछि मूल्य पनि बढेको हो,’ उनले भने, ‘किसानहरुबाट संकलन गर्नेहरुले नै मूल्य बृद्धि गरेका हुन्छन्।’

हिन्दु नेपालीहरुको महान चाड दशैं र तिहार आउन एक हप्ता मात्रै बाकी रहेका बेला दैनिक उपभोग्यका वस्तुको मूल्य आकासिएको हो। तर सरकारले भने महंगी नियन्त्रण गरेको दावी गर्दै आएको छ।

बजारमा दैनिक उपभोग्यका अधिकांश वस्तुको मूल्य बृद्धि भएपनि नियनकारी निकाय मुखदर्शक बनेको आरोप लागेको छ।

चाडपर्वका बेला मात्र बजार अनुगमन गरिदै आएपनि यसवर्ष भने खासै चासो नदिदा कालोबजारी गर्ने व्यापारीलाई मालामाल भएको दावी समेत गरिन्छ।

तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने बजार अनुगमन गर्ने क्रममा त्यस्तो भेटियो भने कारवाही गर्ने बताए।

चाडपर्वको मुखमै दैनिक उपभोग्यका सामानको मूल्यमा बृद्धि भएपछि दशैँ, तिहार जस्ता पर्वमा व्यापारीहरुले झनै मनपरी गर्ने भएका कारण बृद्धि भएको मूल्य नियन्त्रण गर्न आग्रह गरिएको छ।

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस