सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा रोजगारी गुम्यो, स्वदेशमा सम्भावना खोज्दै कैलालीका युवाहरु

फुलबारीकी तुलसी कार्कीको फेन्सी पसल
फुलबारीकी तुलसी कार्कीको फेन्सी पसल
२०७७ भदौ २४, ०३:४३ रोशन भट्ट

धनगढी : धनगढी उपमहानगरपालिकाको फुलबारीकी तुलसी कार्कीलाई घर फर्किएको दुई महिना भयो। कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी उनी कोरोना भाईसको महामारीपछि स्वदेश फर्किएकी हुन्। उनले अब स्वदेशमै व्यापार गर्ने योजना बनाईएकी छिन्।

उनले विदेश बस्दा कमाएको चार लाखमै फुलबारी बजारमा फेन्सी पसल सुरु गरेकी छिन्। ‘कोरोना महामारीकै वेला घर फर्किएकी हुँ,’ उनले भनिन्, ‘अव विदेश जाने योजना छैन्। आफ्नै देशमा काम गरी बस्छु।’ कैलालीकै घोडाघोडी नगरपालिकाका श्याम चौधरीलाई पनि दुवईबाट नेपाल आएको दुई महिना भयो।

उनी ११ बर्ष विदेश बसे। विदेशको कमाईले साँडेपानी बजारमा दुई तले घर बनाईसकेका चौधरीले पनि अब विदेश नजाने सोच बनाएका छन्। ‘सम्पूर्ण विद्युतीय उपकरणहरु एकै ठाउँमा पाउने गरी व्यवसाय सुरु गर्ने योजना बनाएको छु,’ उनले भने, ‘विदेशको जस्तै खटिएर काम गर्न सके आफ्नै देशमा पनि धेरै राम्रो होला जस्तो लागेको छ।’

तुलसी कार्की र श्याम चौधरी मात्रै होईनन कोरोना भाईरसको महामारीपछि तेस्रो मुलुकबाट स्वदेश फर्किएका केहीले स्वदेशमै श्रम गर्ने सोचमा छन्। अहिले रोजगारी गुमेर घर फर्किएकाहरुलाई दैनिकी चलाउन पनि समस्या भईरहेको छ। सबै संगै आफ्नै लगानीमा व्यापार, व्यवसाय सुरु गर्न पुजी छैन्।

उनीहरुलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्नु पर्ने देखिएको अर्थ सम्बन्धिका जानकार अम्बिकेश्वर प्रशाद जोशीले बताए। ‘तीनै तहका सरकारले अहिले आफ्नै नागरिकलाई स्वदेशमै रोजगारी दिने अवसर पनि पाएका छन्,’ उनले भने, ‘आफैले व्यापार व्यवसाय सुरु गरेकाहरुलाई पनि स्वदेशमै टिकाई राख्नको लागि पनि सरकारले चासो दिनु पर्ने देखिएको छ।’

कोरोना महामारीकाबिच दैनिक सयौँ प्रदेशबासी रोजगारीका अवसर खोज्दै भारत पनि गईरहेका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस