सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमै ‘कटिया’ को स्वाद

२०७७ भदौ १६, ०६:४५ रोशन भट्ट

धनगढी– धनगढीमा लोकल र अर्ग्यानिक भनेपछि जोकोही हुरुक्कै हुन्छ। अझ खानेकुराका परिकारमा सौखिनहरू त लोकल र अर्ग्यानिक भनेपछि खोजीखोजी नै पुग्छन्। सोही क्रममा रौतहटमा प्रख्यात कटियाको स्वाद धनगढीमै पाइने भएको छ। रैथाने बालीको प्रवद्र्धन गर्दै विभिन्न परिकार बनाएर धनगढीमा पस्किदै आएका व्यवसायी किसोर खड्काले धनगढीमा कटिया अर्थात माटोको भाडामा पकाइने मासुको स्वाद भित्र्याएका हुन।

‘कोरोना भाईरसको प्रभावपछि जारी लकडाउनका बेला कटिया बिक्रि गर्ने योजना बनाएको हुँ,’ उनले भने, ‘काठमाडौँ तथा भारतका केही स्थानमा माटोको भाडोमा पकाएको मासु आफुले पनि खाएकाले यस्तो सोच आएको हो।’ खड्का विगत दुई वर्षदेखि धनगढीमै खप्तड खाँजा घर संञ्चालन गर्दै आएका छन्। त्यहाँ कोदोका धेरै परिकार पाइन्छ।

सोही खाँजा घरमा माटोको भाडोमा पकाइने खसिको मासु अर्थात कटियाको परिकार थपिएको खड्काले बताए। फुर्सदको समयमा मट्का मटनको परीक्षण गर्ने अवसर पाएको बताउँदै खड्काले भने, ‘केही साथीभाईहरुलाई खुवाउँदा राम्रो प्रतिक्रिया पाएपछि अव व्यवसायीक रुपमा नै अगाडी बड्ने योजना बनाएको छु।’

मट्का मटन पकाउनका लागि माटोको भाडो र कोईला आवश्यक पर्छ। ‘माटोको भाडो पनि स्थानीय उत्पादन हो। कोईला पनि सहजै पाईन्छ,’ उनले भने, ‘यसलाई व्यवसायीक रुपमा अगाडी बढाउन समस्या छैन्। मासु पकाउने माटोको भाडो पनि स्थानीय उत्पादन भएको हुँदा त्यसको पनि प्रर्वद्धन हुने विश्वास छ।’

मसला हाल्ने तरिका भने अन्य भाडोमा पकाएको जस्तै हो। मासु र त्यसमा आवश्यक पर्ने अन्य समाग्रीहरु माटोको भाडोमा राखेर एक घण्टा १५ मिनेट जती कोईलामा राख्यो भने मट्का मटन खानको लागि तयार हुन्छ। यसले गर्दा आम्दानीसंगै पर्यटन प्रर्वद्धन हुने दावी खड्काको छ।

मट्का मटन पकाउने माटोको भाडोलाई बढीमा दुईदेखि तीन पटक सम्म मात्रै प्रयोग गर्न मिल्छ। आधा किलोको मुल्य १२ सय तोकिएको छ भने १ किलोको २२ सय तोकिएको छ। खड्काले दुई वर्ष अगाडी धनगढीमा संञ्चालनमा ल्याएको खप्तड खाजाघरबाट सुदूरपश्चिमका विभिन्न रैथाने वालीबाट बन्ने परिकारको बजारिकरण गर्दै आएका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस