सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार भन्छ–१४ दिनपछि संक्रमितले काेरोना सार्दैन, डाक्टर भन्छन्–ढुक्क नबनौ

२०७७ भदौ १, ०७:०५ रोशन भट्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमित व्यक्तिले १४ दिनपछि अन्यलाई संक्रमण सार्न नसक्ने दावी गरेको छ।

विभिन्न अध्ययन तथा अनुसन्धान अनुसार १४ दिन आईसोसेसनमा बसेपछि संक्रमित व्यत्तिले अन्यलाई कोरोना भाईरस सार्न नसक्ने देखिएको र सोही अनुसार संक्रमितलाई घर पठाईएको दावी प्रदेश सरकारले गरेको हो। विश्व स्वाथ्य संगठनकै कोरोना निर्देशिका अनुसार संक्रमण पुष्टि भएको १४ दिन पछि अन्यलाई सर्ने सम्भावना नरहेको दावी सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीको छ। 

संक्रमण पुष्टिको १४ दिन सम्म मावन शरिरले भाईरसलाई कमजोर बनाउने एण्टिबडी उत्पादन गर्ने हुँदा त्यसपछि भाईरस सर्ने सम्भावना कम हुने गरेको उनको भनाई छ। ‘अहिले प्रदेश भित्र संक्रमण पुष्टि भएकाहरु १४ दिनमै डिस्चार्ज भएर गएपछि उनीहरुको  सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छैन्।’ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महासाघ प्रमुख कार्कीले भने। 

‘१४ दिन आईसोलेसनमा बसिसकेपछि कोरोना सर्दैन भन्ने छ’, उनले भने, ‘सोही अनुसार हामीले पनि ७ दिन होम आईसोलेसनमा बस्ने गरि संक्रमितलाई घर पठाउने गरेका छौं।’ यता चिकित्सकहरुले भने संक्रमण पुष्टि भएको १४ दिनपछि पनि कोरोना सर्दैन भन्ने स्थीती नरहेको बताएका छन्। दुई हप्ता भित्र भाईरसलाई मार्न सक्ने एण्टिबडीहरु उत्पादन हुने गरेका कारण नसर्ने भनिए पनि ढुक्क हुन नसकिने सेती प्रादेशिक अस्पतालका कोभिड १९ रोग उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए।

‘सुदूरपश्चिम प्रदेशको हकमा अहिले सम्म त्यस्ता केशहरु फेला परेका छैनन्,’ उनले भने, ‘अस्पतालको आईसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्ता अनिवार्यमा रुपमा होम आईसोलेसनमा बस्नु पर्छ।’ अनुसन्धानले १४ दिनपछि सार्दैन भन्ने देखाएपनि सत प्रतिशत सर्दैन भन्न नसकिने डा. कमरले बताए। 

सुदूरपश्चिम प्रदेशमा भने संक्रमितको सम्पर्कमा आएकाहरुको समेत परीक्षण हुन सकेको छैन्। संक्रमण पुष्टि भएकै दिनमा पनि धेरै संक्रमतिलाई घर पठाईएको छ। यस्ले समुदायमा संक्रमण फैलिने जोखिम झनै बढेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस