सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वर्षापछि हुलाकी सडक खण्डको काम ठप्प

२०७७ साउन २८, ०४:५९ रोशन भट्ट

धनगढीः कैलालीमा वर्षाका कारण हुलाकी सडक खण्डको काम प्रभावित भएको छ। लकडाउनको समयमा समेत सडक खण्ड निर्माण तथा मर्मत सम्भारको काम नरोकिएको भएपनि वर्षातका कारण काम ठप्प भएको हो।

जिल्लाको टीकापुर र भजनी नगरपालिका क्षेत्रमा आएको बाढीले सडक निर्माणको काम प्रभावित भएको हो भने बाढीले नै वर्षेनी क्षती पुगाउने भएपनि विकल्प खोजिएको छैन्। 

अविरल वर्षासँगै आएको बाढीका कारण हुलाकी सडकको निर्माण तथा मर्मत सम्भारको काम रोकिएको हो। बर्खामा कालोपत्रेको गर्न नसकिने भएका कारण काम रोकिएको आयोजना कार्यालयका सूचना अधिकारी पदम बहादुर मडैले बताए।

‘विषेश गरी कैलाली खण्डकै टीकापुर भजनी क्षेत्रमा पर्ने हुलाकी सडकमा प्रत्येक वर्ष जसो हुने डुबानले पनि काम गर्न समस्या भईरहेको छ’ उनले भने।

हुलाकी सडकको टीकापुर र भजनी नगरपालिका क्षेत्रमा भने बाढीले वर्षेनी क्षती गर्दै आएको छ। मोहना पथरिया, काँडा लगायतका नदीमा आउने बाढीले  कालोपत्रे सडक, पुल तथा कल्भर्ट भत्काउने गरेको छ। 

वर्षेनी नदीले क्षती गर्ने तर हुलाकी सडक योजना कार्यालय मर्मत सम्भार गर्ने गरेको भएपनि अन्य विकल्प खोजिएको छैन्। 

सडक भएर बग्ने पानीको निकासको प्रबन्ध मिलाउन थप पुल तथा कल्र्भड थप्ने लगायतका विषयमा कुनै तयारी नभएको हुलाकी सडक योजना कार्यालयले जनाएको छ। 

भजनी, टीकापुर आसपासका क्षेत्रमा हसलाकी सडकका कारण बर्खाको पानी जम्मा हुने गरेको छ भने निकासको अन्य विकल्प पनि अपनाईएको छैन्। जसका कारण मावन बस्तीसंगै सडक योजनालाई समेत समस्या भईरहेको छ।

उचाईमा रहेको सडक भित्र बर्खाको पानी पस्ने गरेका कारण कालोपत्रे पनि भत्किने गरेको सूचना अधिकारी मडैले बताए। मानव बस्ती तथा सडकलाई जोगाउन अन्य विकल्प खोज्नुपर्ने भएपनि कुनै तयारी थालिएको छ्रैन्।

हुलाकी सडकको कैलाली खण्डमा नदी, खोलानाला भएको क्षेत्रमा हुने काम प्रभावित हुदै आएको छ भने कैलाली खण्डकै अधिकांस क्षेत्रमा कालोपत्रेको काम सम्पन्न भएको छैन्। 

कैलाली खण्डमा पर्ने बसन्ता क्षेत्रमा समेत कालोपत्रेको तयारी थालिएको छैन्। कान्द्रा नदीले समेत सडक क्षेत्रलाई प्रत्येक वर्ष बगाउदै लग्ने गरेको छ। 

हुलाकी सडक कार्यालयले वर्षेनी मर्मत सम्भार शिर्षकमा ठुलो बजेट खर्च गर्दै आएको छ तर दीर्घकालीन विकल्प खोजिएको छैन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस