सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सरकारी कार्यालयमा भिडभाड बढेपछि जोखिम बढ्यो

२०७७ असार ३, ११:२६ रोशन भट्ट

धनगढी : लकडाउन नयाँ स्वरुप कार्यान्वयन भएपछि कैलालीका सरकारी कार्यालयहरु पनि पूर्ण रुपमा संञ्चालनमा आएका छन्। नेपाल सरकारले नै समाजिक दूरी कायम गरि व्यक्तिगत सुरक्षाका साथ साढे दुई महिनादेखि रोकिएको सरकारी सेवा पुनः सुरु गर्न निर्देशन दिएको थियो।

सोही अनुसार असार १ गतेदेखि दुई सिफ्टमा सरकारी कार्यालयहरु पनि संञ्चालन भईरहेका छन्।

विहान ८ बजे देखि १ र १ बजे देखि सझ ६ बजे सम्म दुई सिफ्टमा सेवा दिनुपर्ने भनिएको छ। व्यक्तिगत सुरक्षाका सामाग्रीहरु प्रयोग गरी समाजिक दुरी सहित सेवा प्रवाह गर्नुपर्ने भएपनि कैलालीका अधिकासं सरकारी कार्यालयहरुमा भने त्यसको व्यवस्थापन हुन नसकेको मालपोत कार्यालयमा भेटिएका सेवाग्राही विर्ख बुढाले बताए।

‘कोरोनाको जोखिमबाट बच्नका लगि कुनै व्यवस्थापन हुन सकेको छैन्,’ उनले भने, ‘समाजिक दुरीदेखि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पनि उपलब्ध छैन्।’ सरकारी कार्यालयहरु संञ्चालन भएपनि सेवाग्राहीको भिडभाडले कोरोनाको जोखिम बढाएको उनले बताए।

सुरक्षा सतर्कता अपनाउन सरकारी कार्यालय उदासिन बनेको यातायात व्यवस्था कार्यालय धनगढीमा भेटिएका सेवाग्राही ईश्वर शाहीले आरोप लगाए।

‘व्यक्तिगत सुरक्षाका लागि सेवाग्राहीले पनि सजक हुनु आवश्यक छ’, उनले भने, ‘सेनिटाईजर लगायत सबै कार्यालयहरुमा सावुन पानीले हात धुने सम्मको व्यवस्था हुनुपर्छ।’ कर्मचारीहरु व्यक्तिगत सुरक्षाका सामाग्री प्रयोग गरी समाजिक दुरीमा बस्ने गरेको भएपनि सेवाग्राहीको व्यवस्थापनमा वेवास्ता भईरहेको हो।

तर नापी कार्यालय कैलालीका निमित्त प्रमुख किशन सिंह विष्टले भने कोरोनाको जोखिमबाट बच्नका लागि व्यवस्थापन गरिरहेको दावी गरे। ‘सेवाग्राहीलाई सामाजिक दूरी कायम गर्न बेलाबेला सचेत गराईरहेका हुन्छौं’, उनले भने, ‘सावुन पानीले हात धुने व्यवस्था पनि मिलाएका छौं।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस