सीमा बन्द भएकाले भारतमा रहेकाहरुलाई नेपाल नर्फकन दूतावासको अपिल
धनगढी : भारतमा रहेको नेपाली राजदूतावासले सीमा बन्द भएकाले नेपाल नर्फकन नागरिकलाई अपिल गरेको छ। भारतबाट नेपाल फर्किन पाउने हल्लाका पछाडि नलाग्न दुतावासले भारतमा रहेका नेपालीहरुलाई आपिल गरेको हो।
सोमबार एक अपिल जारी गर्दै नेपाली राजदूताबास नयाँ दिल्लीले भारतमा रहेका नेपालीहरुलाई अहिलेको अवस्थामा नेपाल फिर्ता नहुन भनेको हो। साथै दूताबासले जुनसुकै उदेश्यले भारतमा रहेका नेपालीहरुलाई धैर्यसाथ बस्न अपिल गरेको छ।
सीमा नाका बन्द भएकाले भ्रामक सूचनाको पछि नलाग्न र आधिकारीक सूचनालाई मात्र विश्वास गर्न दूतासासले आग्रह गरेको छ। त्यसैगरी भारतमा समस्यामा रहेका नेपालीहरुलाई दूताबासले ८९२९६०१९२५, ०११२३४७६२०० र ०११२३३२७३६१ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।