सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा पनि भारतमा सक्रिय सुदूरपश्चिमेली नेपाली समाज

२०७७ वैशाख २१, १०:१५ खबर संवाददाता

धनगढी : लकडाउनमा पनि सुदूरपश्चिमेली नेपाली समाज र राज्य समितिहरु भारतमा सक्रिय भएका छन्। लकडाउनपछि भारतमा समस्यामा परेका नेपाली मजदुरहरुलाई राहत वितरण गर्न सुदूरपश्चिमेली नेपाली समाज भारत र राज्य समितिहरु सक्रिय भएका हुन्।

सीमा नाका बन्द भएपछि स्वदेश फर्किन नपाएर अलपत्र परेका सुदूरपश्चिमवासी सहित अन्य नेपालीलाई समेत समाजले सहयोग गर्दै आएको छ। कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै भारतमा पनि लकडाउन जारी छ। सोही कारणले भारतमा काम गर्दै आएका सुदूरपश्चिमका लाखौँ मजदुहरु समस्यामा छन्।

अहिले सम्म भारतका १२ राज्यमा रहेका सुदूरपश्चिमेलीहरुलाई सहयोग गरिएको समाजका केन्द्रिय महासचिव मोहन बिर साउँदले बताए। ‘सुदूरपश्चिीमेली नेपाली समाज भारतका सदस्यहरु तथा अन्य दाताबाट संकलन भएको रकमबाट खाद्य सामाग्री खरिद गर्दै खान नपाएकाहरु तथा समस्यामा रहेकाहरुलाई वितरण गरिएको हो।’ दिनेश खवरलाई साउँदले भने।

भारतका १२ राज्यमा झण्डै चार लाख बराबरको खाद्य सामाग्री सहयोग गरिएको उनले बताए। ‘लकडाउनको अवधिमा एक लाख ३० हजारको केन्द्रीय समिति र बाँकी १२ राज्य समितिले खाद्य सामाग्री खरिद गरेर वितरण गरेका छौँ,’ सुदूरपश्चिमेली नेपाली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले भने, ‘सबैलाई राहत दिन सकिने अवस्था छैन्। तर धेरै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छौ।’

उनले समस्यामा परेका र सीमा क्षेत्रमा पुगेका नेपालीहरुको सरकारले उद्धार गर्नुपर्ने बताए। लकडाउनका कारण रोजगारी गुमाएपछि लाखौ सुदूरपश्चिीमेलीहरु भारतमा अहिले अलपत्र छन्। कामबाट निकालीएकाहरु साथिहरुसंग बस्दै आएका छन्।

 

कमेन्ट लोड गर्नुस