दिल्लीमा समस्यामा परेका बाजुराका १३ परिवारलाई राहत वितरण
२०७७ वैशाख १८, ०२:१९
दिल्ली : दिल्लीमा समस्यामा परेका बाजुराका परिवालाई राहत वितरण गरिएको छ। आज सुदूरपश्चिमेली नेपाली समाज–भारत दिल्ली राज्यले बाजुरा जिल्ला घर भइृ हाल दिल्ली झिलमिलमा बस्दै आएकाहरुलाई सहयोग गरेको हो।
समाजका अनुसार बाजुराका १३ वटा परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ। समाजले लकडाउनपछि समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस