सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अलपत्र नेपालीको गुनासोः यहाँ भारतीय प्रहरी हामीलाई हेप्छन्, धम्क्याउँछन्

२०७७ वैशाख १४, ०५:३० विन्दु चन्द

धनगढी: भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीले भारतीय प्रहरीले आफुलाई जिस्काउने र धम्काउने गरेको बताएका छन्। भारतको रुद्रपुर पन्तनगरमा अलपत्र ३२ जना नेपालीले यस्तो गुनासो गरेका हुन। 

तिमीहरुको सरकारले लग्दैन नाटक नगरी बस भन्दै भारतीय प्रहरीले आफुहरुलाई हेप्ने, धम्क्याउने र जिस्काउने गरेको बैतडीको शिबनाथ गाउँपालिका वडा नम्बर ४ सोल्पालाका विनोद महताले बताए। ‘हामी २७ दिनदेखि सुदूरपश्चिमका ११ सहित ३२ नेपाली यहाँ अलपत्र परेका छौं’ उनले भने ‘यहाँको प्रहरी, प्रशासनले हामीलाई मानसिक तनाव दिइरहेको छ।  हामी कोरोनाभन्दा यहाँ यिनीहरुको टचर र टेन्सनले हृद्धयघात होला भन्ने डरमा छौँ।’ 

खानाको लागि समेत मजदुरी गर्न लगाउने गरेको कञ्चनपुरको बेलडाडी गाउँपालिका –२ का नविन रानाले बताए। ‘अहिलेसम्म त खानादिएको थियो आज त बालुवाको काम गर अनिमात्रै खान दिन्छौँ भन्दै धम्क्याए’ उनले भने। आफुहरुलाई  जबरजस्ती सडकमा काम गर्न लगाइरहेको उनले बताए। ‘प्रहरीले हामीलाई मोबाइलसमेत चलाउन बन्देज गरेका छन’ रानाले भने।  

उनीहरुले आफुहरुलाई सहयोग गरी उद्धार गर्नुपर्ने नेपाल सरकारसमक्ष माग गरेका छन्। ती सबै ३२ जना गत चैत्र १६ गते (मार्च २९) गते मध्यप्रदेशको ग्वलियरबाट नेपाल आउन लागेका थिए। तर कोरोनाभाइरसका कारण भएको लकडाउनले ती सबै उत्तराखण्डको रुद्रपुरमा रोकिएका छन्।  

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस