भारतको महाराष्ट्रमा हजारौ मजदुर सडकमा
भारत- भारतको महाराष्ट्रमा हजारौ मजदुर सडकमा आएका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोक्न भारत सरकारले लकडाउनको समय बढाएसंगै मजदुरहरु सडकमा आएका हुन्।
मुम्बईको बान्द्रा क्षेत्रमा उनीहरु सडकमा आएका छन्। सडकमा आएका मजदुरहरु अन्य देशका रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। उनीहरुले भारत सरकारविरुद्द नाराबाजी समेत गरेका छन्। सडकमा आएका मजदुरमाथि प्रहरीले समेत बल प्रयोग गरेको छ। घर पठाउने व्यवस्था गर्न उनीहरुको सरकार समक्षमाग छ।
भारत सरकारले अझै १९ दिन लकडाउनको समय थपेको र खान बस्नको समस्या भएको उनीहरुले बताएका छन्। सडकमा आएका मजदुरका कारण कोरोनाको संक्रमण फैलिने भन्दै भारतीय अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। भारतको महाराष्ट्रमा सबै भन्दा बढी कोरोना संक्रमित छन्।