भारतमा सुदूरपश्चिमका एकै परिवारका ८ जनामा कोरोना संक्रमण
चित्रा नौन्याल
मुम्बई : भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। अछाम चौरपाटि गाउपालिका ५ लुग्रा स्थाई घर भई मुम्बईमा बसोबास गर्दै आएका ८ जनामा कोरोना संक्रमण देखिएको हो।
अहिले संक्रमित सबकोै अस्पतालमा उपचार भईरहेको छ। कोरोना संक्रमण देखिए पनि उनीहरु आठै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
संक्रमितले सामाजिक संजाल फेसबुक मार्फत पनि सो कुराको बारेमा जानकारी दिएका छन्। यसअघि बझाङका दुई जनालाई पनि दक्षिण भारतमा कोरोना देखिएको थियो।