सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमा ३ नेपाली क्वारेन्टाइनमा

२०७६ चैत्र ४, १०:१२ खबर संवाददाता

बहराइनमा तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। तर स्वास्थ्य परीक्षणमा उनीहरुलाई संक्रमण नदखिएको बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ। क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न दूतावासका स्थानीय कर्मचारी नै क्वारेन्टाइनस्थल पुगेका थिए।

सल्मावादस्थित श्रमिक क्याम्पमा बस्दै आएका एक कामदारमा पनि कोरोनाको संक्रमण भेटिएपछि त्यहाँ कार्यरत नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार १८ मार्चबाट बहराइनमा पनि उडानहरु बन्द हुनेछन्। र स्वदेशी राहदानीबहाक बाहेकलाई भिसा दिन बन्द गरिनेछ। 
कतारमा कडाइ
कतारस्थित नेपाली दूतावासले नेपाली कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरिएको बारे बारे कतारसरकारसँग आधकिारिक जानकारी माग गरेको छ। कोरोनको सतर्ककताका लागि दिाइएका निर्देशन पालना नगरेको भन्दै कतारबाट काकदार डिपोर्ट भएका थिए।

दूतावासले त्यहाँको सरकारले बनाएका नियमहरु अक्षरस पालना गर्न नेपाली काादरहरुलाई आग्रह गरेको छ।दूतावासले कामदारको आवासीय क्षेत्रमा अनाधिकृत रुपमा पसल खालेर सामान विक्री भइरहेको भन्दै त्यस्ता पसलमा किनमेल नगर्न पनि सूचित गरेको छ । दूतावासले मंगलबार जारी गरेको सूचनामा कतारी सरकारले निषेध गरेका क्षत्रेमा नजान र भेला नहुने नेपालीहरुलाई अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस