नेपाललाई कतार प्रवेशमा प्रतिबन्ध
कोरोना भाइरस संक्रमण रोकथामका लागि कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ। कतारले आज सोमबारदेखि नै लागु हुनेगरी प्रतिबन्ध लगाएको हो।
प्रतिबन्ध लगाइएका देशमा नेपालका अलावा चीन, भारत, इराक, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, लेबनान, इजिप्ट, बंगलादेश, पाकिस्तान, सिरिया र थाइल्यान्ड रहेका छन्।
कतार नेपालको एक प्रमुख श्रम गन्तव्य हो। कतारमा हालसम्म १५ जनामा संक्रमण भेटिएको छ । यद्यपि, हालसम्म कसैको पनि मृत्यु भएको छैन।