कुवेतमा ढिस्कोले पुरिएर ज्यान गुमाउने ६ जनाकै नाम खुल्यो

कुवेतमा बालुवाको ढिस्कोले पुरिंदा ज्यान गुमाएका ६ जना नेपालीको परिचय खुलेको छ।
ज्यान गुमाउनेमा नवलपरासीका पूर्णबहादुर मगर, रोल्पाका राजु रोकामगर, पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेको नेपाली दूतावास कुवेतले जनाएको छ।
उनीहरु कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्या्क्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए। घटनाको विषयमा छानबिन भइरहेको र शव स्वदेश फर्काउने प्रक्रिया चलिरहेको दूतावासले जनाएको छ।


