गोदावरी र धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ

धनगढीः कैलालीको गोदावरी र धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट ४ ग्राम ६ सय मिलिग्राम लागुऔषधसहित लम्की चुहा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी पक्राउ परेका छन्। चौधरीलाइ जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको छ।

यसैगरी गोदावरी नगरपालिका–४ बसन्तपुरबाट १ ग्राम ३ सय मिलिग्राम लागूऔषधसहित सोही ठाउ बस्ने एक जना १७ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सो सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जानाएको छ।

