सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चिसापानी–कुइने सडक निर्माणका लागि थालिएको अनसन स्थगन

२०८२ वैशाख १, ०३:५६ खबर संवाददाता

धनगढी: कैलालीको चिसापानी–कुइने सडक निर्माणको मागसहित स्थानीय नेत्र भण्डारीले थालेको अनसन स्थगन गरिएको छ।

सो सडक निर्माणका लागि दुई वर्ष अघि ठेक्का सम्झौता गरिएको भएपनि अझै काम सुरु नभएको भन्दै भण्डारीले गत बुधवार कर्णाली पुलमा अनसन सुरु गरेका थिए।

चिसापानी–कुइने सडक खण्डमा पर्ने चार सय ७२ वटा रुखहरू कटानका लागि मन्त्रीपरिषद्ले निर्णय गरे पनि वन विभागले निर्णय कार्यान्वयन गर्न नमानेको उनले बताए। अनसन सुरु भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहसहितका नेतासँग भएको छलफलमा वन विभागले रुख कटान आदेश दिने बताएपछि अनसन स्थगित गरिएको भण्डारीले बताएका छन्। ‘अब २÷३ गते रुख कटान आदेश आउने र सम्झौता पनि हुने आश्वासन पाएको छु। मुख्यमन्त्री ज्यूले जिम्मा लिन्छु भन्नु भएको छ। तोकिएको समय भित्र रुख कटान आदेश आएन भने फेरि फरक ढंगले आन्दोलन सुरु हुन्छ,’ भण्डारीले भने।

कैलालीको चिसापानी–कुइने सडकको सात दशमलव २ किलोमिटर खण्ड १२ करोड ८० लाख लागतमा कालोपत्रका लागि दिव्यज्योती–शाही जेभीसँग २०७९ साउन ३ गते ठेक्का सम्झौता गरेको थियो। सडक निर्माणको म्याद आउदो असारमा सकिदै छ।

तर, रुख कटान आदेश नपाउदा काम भने अलपत्र अवस्थामा छ।

 

कमेन्ट लोड गर्नुस