सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य हाफ म्याराथनको उपाधि आर्मी क्लबका खडकालाइ

२०८२ वैशाख १, ०३:४७ खबर संवाददाता

धनगढीः धनगढी जेसिजले नयाँ वर्षको अवसरमा आयोजना गरेको ११ औँ सस्करणको “अब धनगढी दौडन्छ” चैतन्य धनगढी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खडकाले हात पारेका छन्।

उनले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट २१ मिनेटमा पार गर्दै उपाधि जितेका हुन। त्यस्तै निर्धारित दुरी पार गर्दै नेपाली सेनाकै राजन रोकाया (१ः०६ः७) र सेनाकै नरेन्द्र सिंह रावत (१ः१०) क्रमशः दोस्रो र तेस्रो भए। उपाधि सँगै खड्काले नगद ७५ हजार प्राप्त गरे।

खड्कालाई मुख्य प्रायोजन गरेको चैतन्य पाठशालाका सिइओ गणेश प्रसाद जोशीले नगद प्रदान गरेका थिए। उपविजेता रोकायाले नगद ५० हजार र रावतले नगद २५ हजार प्राप्त गरे। त्यस्तै कर्पोरेट तर्फको ५ किलोमिटर दौडमा महिला तर्फ लक्ष्मी भट्टले प्रथम पुरस्कार प्राप्त गरिन।

त्यस्तै कमला बडुवाल र शान्ता वलि क्रमशः दोस्रो र तेस्रो भए। त्यस्तै पुरुष तर्फ विक्रम पार्की प्रथम भए। त्यसैगरि द्वितीय देवेन्द्र चन्द र तेस्रो चन्द नाथ भए। कर्पोरेट तर्फ महिला र पुरुष बिजेताले क्रमशः ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय नगद हात पारे।

त्यस्तै ट्राइसाइकल तर्फ सहभागी सम्पूर्णलाई पुरस्कृत गरिएको संयोजक दीपक गौतमले बताए। समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।

 

कमेन्ट लोड गर्नुस