सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमानमाथि नेपालको शानदार जित

२०८२ वैशाख १, ०२:४४ खबर संवाददाता

नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमानमाथि ८ विकेटको शानदार जित निकालेको छ।

त्रिविस्थित मुलपानी मैदानमा भएको खेलमा ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो। नेपालका लागि स्पीनर युवराज खत्रीले ५ विकेट लिए। निरज यादवले ४६ र साहिल पटेलले ४४ रन बनाए। ५० ओभरको खेलमा ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो।

नेपालका सन्तोष यादवले २ तथा अन्य तीन खेलाडीले १–१ विकेट लिएका छन्। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराएको थियो। अब बुधवार नेपालले हङकङसँग खेल्नेछ। छनोटको शीर्ष टोली अर्को वर्षको यू–१९ विश्वकपमा पुग्नेछ।
 

कमेन्ट लोड गर्नुस