बैतडीको पाटनमा आज शोक बिदा

२०८१ चैत्र ३१, ०८:५६
बैतडीः बैतडीको पाटन नगरपालिकाले आज (आइतवार) शोक बिदा दिएको छ।
पाटन नगरपालिका अन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यालय सहयोगी पदमा कार्यरत मनिराम बिष्टको निधन भएकाले आइतवार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। बिष्टको चैत २८ गते असमायिक निधन भएको थियो। आईतवार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाको सूचनामा उल्लेख गरेको छ।




कमेन्ट लोड गर्नुस