सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १ लाख ५७ हजारका सामान बरामद

२०८१ चैत्र ३१, ०७:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

बेलौरी–१० सडकघाट, बेलौरी–८ कलकत्ता र पुनर्वास–४ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५७ हजार ८ सयका सामान बरामद गरिएको छ। चिसो पेय पदार्थ, सरफ, प्याज, सुर्ति, बिडी, हरीयो खुर्सानि, लेडिज सुटसहित से ५ प ५३४५ नम्बबरको मोटर साईकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस