सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा आगलागी

२०८१ चैत्र ३०, ०७:०३ खबर संवाददाता

काठमाडौँ : काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा शनिवार एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, आगलागी भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली तत्काल घटनास्थलमा परिचालित गरिएको छ।

आगलागी नियन्त्रणका लागि पहिलो चरणमा जुद्ध वारुण यन्त्रका तीनवटा दमकल पठाइएको छ भने अन्य थप दमकलहरू पनि घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस