सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध काठ र डल्लबसहित एक जना पक्राउ 

२०८१ चैत्र ३०, १०:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा अवैध काठ र डल्लबसहित एक जना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–४ क्याम्पस टोलबाट सोही ठाउँ बस्ने ५७ वर्षीय कर्णबहादुर बोहराले गाडा (डल्लब)मा लोड गरील्याउदै गरेको सिसमको ४ गोलिया १२ क्युफिट र सालको दुइ बल्ली ५ क्युफिटसहित शुक्रवार पक्राउ परेका हुन्। अन्दाजी मुल्य २५ हजार बराबरको अबैध काठ, गोरु सहितको डल्लब र बोहरालाई नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय कृष्णपुर कञ्चनपुरको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस