अछाममा चट्याङ लागेर १३ भेडा मरे

२०८१ चैत्र २८, ०६:००
अछामः अछाममा चट्याङ लागेर १३ भेडा मरेका छन्।
जिल्लाको रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले १३ भेडा मरेका हुन्। भाटाकाटिया निवासी लोकबहादुर साउँदले पालेका १२ र सर्पबहादुर साउँदको एक भेडा मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चट्याङ पश्चात् नौ भेडा हराइरहेका बताइएको छ।




कमेन्ट लोड गर्नुस