सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयगढका अग्निपीडितलाई कांग्रेस अछामद्वारा एक लाख सहयोग

२०८१ चैत्र २७, ०३:१७ खबर संवाददाता

अछामः अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले एक लाख सहयोग गर्ने भएको छ।

कांग्रेस अछामका सहसचिव दिनेशकुमार अनुसार जयगढका आगलागी पीडितलाई एक लाख सहयोग गरिने भएको हो। आगोले जयगढबजार तहसनहस भएकाले राहतका लागि कांग्रेस अछामले सहयोग गरेको सहसचिव स्वारले बताए। विपतको घडीमा सबैले सहयोग गर्ने उनले सबैलाई आग्रह गर्नु भएको छ। मङ्गलबार साँझ ७ः२० बजे ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राति १२ः३० बजे नियन्त्रणमा आएको थियो। आगलागीबाट सात करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस