सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य २ हजाले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

२०८१ चैत्र २७, १२:२५

काठमाडौंः बुधबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।  अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।  
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस