सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्दामा फरार धनगढीका दुई जना पक्राउ

२०८१ चैत्र २७, ०९:१३ खबर संवाददाता

धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीका दुई जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ हजार रुपैया जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सरस्वती कुमारी खड्का र सोही मुद्धामा ३ हजार रुपैया जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–३ बस्ने ४७ वर्षीय सुके चौधरी पक्राउ परेका छन्।

दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार उनीहरुकै घरबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको छ।

कमेन्ट लोड गर्नुस